बुझेर मात्र अष्ट्रेलिया आउनुस्

नेपाली बिध्यार्थीहरुको सुनौलो गन्तब्य बनेको अस्ट्रेलयामा यतिखेर बिध्यार्थीको भिड्भाड निकै बढेको छ । यहाँ पढ्ने अन्तराष्ट्रिय बिध्यार्थीहरुको वरियतामा नेपाल जस्तो सानो देशपनि तेस्रो नम्बरमा रहेको छ । पछिल्ला केहि बर्षदेखि नेपाली बिध्यार्थीको संख्या ह्वात्तै बढेको छ । अहिले करिब तिस हजार नेपाली बिध्यार्थी अस्ट्रेलियामा अध्यनरत छन । चाप बढेपछि गुनासा र समस्या पनि बिस्तारै देखिन थालेका छन । पछिल्लो बर्षहरुमा बिध्यार्थीहरुको समस्या बढ्नु संख्यात्मक रुपमा ठिकै भएपनि यसको पछिल्ला रुपहरु भने फेरीदै गएका छन ।
सही सल्लाह र सुझाब अनि गच्छे अनुसारको पढाइ अहिलेको मुख्य आवश्यकता हो, माइ पर्सनल एजुकेसन कन्सल्ट्यान्ट (माइपेक) का शैक्षिक परामर्शदाता ध्रुब दाहाल बताउछन । रजिष्टर माइग्रेशन एजेन्टका रुपमा ाे अनुभव संगालिसकेका दाहाल भर्खरै मात्र सिडनीको बजारमा माइपेक लिएर आएका हुन ।
संख्यात्मक रुपमा हवात्तै बुद्धीहुँदा साना तिना समस्या देखिएका होलान तर नुबझीकन बिदेशीने युवा जमातको फरक समस्या देखिन थालेको दाहालको कथन छ । दाहाल भन्छन , बिदेश पठाउदैमा ढुक्क हुने अभिभावक र बिदेशिएपछि सबैचिज पाइन्छ भन्ने पुस्तालाई हामीले सहि सल्लाह र सुझाब दियौ भनेमात्र हामी सही मानेमा शैक्षिक परामर्शदाता बन्ने छौ । सिडनीको पीट स्ट्रीटकाे Suite 705, level 7, 250 मा माइपेक लिएर आएपछि दाहालले धेरै खाले गुनासा र अनुभव बटुलेका छन । दाहाल भन्छन, बिदेशमा रुखमा डलर फल्दैन , त्यहापनि परिश्रम गर्नु पर्दछ भन्ने हेक्का राख्नु पर्छ । अरुको कुरामा भन्दा आफ्नो थैली अनुरुपको शैलीमा अगाडि बढनुपर्ने आवश्यकता रहेको औलाउछन उनि ।
नेपालमा अस्ट्रेलिया जाने भनेपछि काँहा,कसो ,के संभावना र अन्य बिषयमा अध्यन नगरिकन आउने बिध्यार्थीहरुको समस्या केहि बढि रहेको उनको अनुभव छ । जसले बुझेर ,सुनेर र पढेर आएका छन उनिहरु त्यसका लागि शारिरिक र मानसिक तयारी हुन्छन । जसले यहाको परिवेश ,काम र पढाइ अनि स्थानका बारेमा अर्ध जानकारी पाएको हुन्छ ,समसया त्यही बढि हुन्छ ,दाहालले कुराकानीका क्रममा भने । यसअघि शम्सेर एन्ड एसोसीयट्समा आवद्ध रहेर अनुभव संगालिसकेका परामर्शदाता दाहालको शब्दमा भन्ने भने एजुकेशन वा माइग्रेशन दुबै सेवाका इमानदार हुनेको पीठो बिक्ने पक्का छ । सिडनीको शैक्षिक परामर्शको बजारमा राम्रो काम र उचित दाम अहिलेको आवश्यकता रहेको दाहालको ठहर छ । नहुने कामलाई हुन्छ भन्ने र केहि पैशामा बिध्यार्थीको भबिष्यमाथि खेलवाड गर्नेको दिन अब गए । जसले बिध्यार्थीलाई सहि सुचना र सल्लाह दिन्छ अनि सहीमार्गमा डोरयाउछ त्यसैको कामलाई सबैले सलाम गर्नेछन,दाहालले बताए ।
दाहालले अस्ट्रेलियाको अध्यागमनमा दिनहुँ हुने निती नियम परिवर्तन र नया नया कानुनका बिषयमा पनि स्पष्ट ज्ञान राख्नु परामर्शदाताहरुको कर्म हो । नेपालमा परामर्श केन्द्र चलाउन कुनै योग्यताको कसी नभएको र राज्यले यस बिषयमा कडि कडाउ निती नअपनाउदा पनि बिध्यार्थीहरु गलत सल्लाहको चपेटामा परेको दाहालको तर्क छ । धेरै राम्रा मािनशहरु पनि यस पेशामा छन तर केहि खराब मानिशहरुको कामले पेशालाई कताकता मािनशहरुको नजरमा गिराउने काम गरेको छ, दाहालले सुनाए ।
बिदेश आउने नया पीढीलाई दाहालको एउटै शन्देश छ ,नबुझीकन बिदेश आउनु भनेको दुख पाउनु हो , अस्ट्रेलियामा उच्च अध्यनमा आउने हो भने कमसे कम कुन बिश्वबिद्यालयमा आउने , कुन ठाउँंमा आउने ,त्यहाको बाताबरण ,काम ,डेरा अनि शुल्कका बिषयमा स्पष्ट भएर आउनु होला ।

ध्रुब दाहाल (रजिस्टर्ड माइग्रेशन एजेन्ट)

2019-11-14T05:39:39+00:00