अष्ट्रेलियाको पीआर लिन सहयोग गर्ने ४ विषय

लबर्न । अष्ट्रेलियामा राम्रो पढाइ तथा करियरको राम्रो अवसर छ । त्यसैले विदेशी विद्यार्थीको संख्या ह्वातै बढीरहेको छ । यहाँ आउने विद्यार्थीहरुले आफ्नो सुनिश्चित भविष्यको लागी पीआर लिन चाहन्छन्। पीआरको लागी आवश्यक मापदण्ड संगै विद्यार्थीले पढेको विषयले पनि प्रभाव पार्छ ।

पीआरको लागी मूख्यत: यी विषयलाई प्राथमिकता दिइन्छ :

१. नर्सिङ्ग

अष्ट्रेलियामा नर्सको माग अत्यधिक छ । अष्ट्रेलिया सरकारले निकालेको तथ्याङ्क अनुसार २०३० सम्ममा यहाँ १ लाख २३ हजार नर्सको आवश्यकता रहनेछ ।

२. अन्य मेडिकल क्षेत्र

अन्य मेडिकल क्षेत्र जस्तै मनोवैज्ञानिक , अन्य रोगसम्बन्धी डाक्टर आदिको लागि यहाँ करियर तथा पीआरको अवसर रहेको छ ।

३. आइटि

अष्ट्रेलियामा प्रविधिको तीव्र रुपमा विकास भैरहेको हुँदा आइटि पढ्नेहरुको लागि यहाँ राम्रो अवसर छ । वेब डेभ्लपर, प्रोग्रामिङ्ग, एप्स, सफ्टवेयर डिजाइन, कोडिंग स्किल आदिमा काम र पीआरको लागि अवसर रहेको छ ।

४. इञ्जिनियरिङ्ग

इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुलाई अष्ट्रेलियामा करियर तथा पीआरको राम्रो अवसर छ । इञ्जिनियरिङ्गको क्षेत्रमा सिभिल इञ्जिनियरिङ्गलाई भने भविष्यमा माग कम हुन सक्ने पेशामा राखिएको छ ।

Sorce:http://www.himalayankangaroo.com/

2019-11-13T05:18:31+00:00